This fare is applicable only to Foreigners living in Nepal on a NON TOURIST VISA which was issued at least six months prior to the date of travel. Passport/Visa will be verified at check in. Without verification boarding will be denied OR you will be required to pay fare difference. www.yetiairlines.com/fare-policy.html
यती एयरलाइन्सको ‘यतीमा जन्ती’ योजना
यती एयरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, जन्तीले यती एयरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट उपहार प्राप्त गर्नुहुनेछ । साथै, हरेक जन्तीले ५ केजी थप ब्यागेज सुविधा पनि प्राप्त गर्नुहुनेछ ।
नियम तथा शर्तहरूः
जन्ती समूहसँग यात्रा गर्ने बेहुला र बेहुलीले निःशुल्क दुईतर्फी हवाई टिकट पाउनुहुनेछ ।
कम्तीमा १५ जना जन्ती यात्राका लागि टिकट बुक गर्नुपर्नेछ ।
यात्रा अगावै दुईतर्फी टिकट बुक गर्नु अनिवार्य छ ।
यो योजना नेपाली नागरिकहरूका लागि मात्र लागू हुनेछ ।
तपाईंको विवाह यात्रा अझै रमाइलो र विशेष बनाउन यती एयरलाइन्सलाई रोज्नुहोस् ।