नयाँ वर्षको शुरुवात, रु. १ लाखसम्म बिमाको साथ
हाम्रो यात्रु महानुभावहरुका लागि उत्कृष्ट सेवा प्रदान गर्ने विषयमा हामी सधैं संदेनशील छौं । त्यसैले, नव वर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गतेबाट लागू हुने गरी रु. १ लाखसम्मको दुर्घटना बिमा को अफर लिएर आएका छौं । अब यती एअरलाइन्ससँग यात्रा गर्ने अवधिभर मात्र होइन, त्यसपछिको ३० दिनसम्म पनि थप सुविधा पाउनु हुनेछ ।
के गर्नुपर्छ ?
१. मोबाइल एप वा वेब साइट मार्फत् टिकट काट्नुहोस् ।
२. यात्रा गर्नुहोस्, र
३. ३० दिनको लागि रु. १ लाखसम्मको दुघर्टना बीमा सुविधा प्राप्त गर्नुहोस् ।
शर्त तथा नियमहरु
१. यती एअरलाइन्सको मोबाइल एप वा वेबसाइट मार्फत् टिकट काटी यात्रा गर्नु पर्नेछ ।
२. टिकट काटी flown भएपछि मात्र यो अफर प्राप्त गर्न सकिनेछ ।
३. Flown भएको मितिदेखि ३० सम्मको लागि मात्र बीमा हुनेछ ।
४. जति पटक यात्रा गर्यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ, तर ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा गर्नु भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति मान्य हुनेछ र सोही मितिदेखि ३० दिनसम्मको बिमा हुनेछ । अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।
५. बीमाको रकम दाबी गर्नु परेमा यती एअरलाइन्सको सम्पर्क नम्बर ९८०११७८५०० वा ९८०२०९९५७१ मा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गर्नुपर्नेछ ।
६. आवश्यक सम्पूर्ण कागजातहरु बुझाएको १५ दिन (कार्यालय खुलेको दिन) भित्र Sanima General Insurance मार्फत् बीमाको रकम प्राप्त गर्न सकिनेछ ।
८. यो अफर तारा एअरका यात्रु महानुभावहरुको लागि लागू हुने छैन ।
९. यो अफर नेपाली यात्रु महानुभावहरुको लागि मात्र लागू हुनेछ ।
१०. हालको लागि यो अफर ३ महिनाको लागि खुल्ला गरिएको छ, तथापि यसको प्रभावकारिताको आधारमा यसको म्याद थपघट हुन सक्नेछ । सोको सर्वाधिकार यती एअरलाइन्समा निहित रहनेछ ।
११. यो अफर माथि उल्लेखित शर्त तथा नियमहरु कार्यान्वयन हुनेगरी २०७९ बैशाख १ गते देखि लागू हुनेछ ।
बीमामा के कति रकम पाइन्छ ?
दुर्घटना |
लाभ |
१. मृत्यु भएमा |
बीमाङ्कको शत प्रतिशत |
२. स्थायी पूर्ण अशक्तता भएमा |
घटनाको विवरण अनुसार बीमाङ्कको शत प्रतिशत वा बीमाङ्कको पचास प्रतिशत |
३. स्थायी आंशिक अशक्तता भएमा |
घटनाको विवरण अनुसार बीमाङ्कको पचास प्रतिशत वा बीमाङ्कको बीस प्रतिशत वा बीमाङ्कको दश प्रतिशत |
४. अस्थायी पूर्ण अशक्तता भएमा |
बीमाङ्कको पाँच प्रतिशत |
५. औषधी उपचार |
बीमाङ्कको दश प्रतिशत |
नोटः बिमा दाबी सम्बन्धी सर्वाधिकार बिमा समितिको पोलिसी अन्तर्गत Sanima General Insurance मा निहित हुनेछ ।